काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच बिहीबार छलफल भएको थियो। अर्थ समितिले मौद्रिक नीतिको तयारी सम्बन्धमा राष्ट्र बैंकका गभर्नर, अर्थसचिव र सम्बद्ध अधिकारीहरुसँग छलफल गरेको थियो।
छलफलमा गभर्नर महाप्रसादले विश्व अर्थतन्त्रको अवस्था, नेपालको समग्र आर्थिक तथा वित्तीय स्थिति (आर्थिक बृद्धि, मुद्रास्फिति, वाह्य क्षेत्र स्थिति, वित्तीय पहुँचको अवस्था)लगायतका विषयमा समितिलाई जानकारी गराएका थिए। विगतका मौद्रिक नीतिमा भएका मुख्य व्यवस्था र उपलब्धि, चुनौती र आगामी प्रथामिकताका सम्बन्धमा समेत छलफल भएको थियो।
सोही छलफलपछि अर्थ समितिले मौद्रिक नीतिमा आफ्ना ८ सुझावहरु समेट्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । जसमा अर्थ समितिले लगानी र आर्थिक गतिविधिलाई प्रोत्साहन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो।
यस्ता छन् मौद्रिक नीतिमा अर्थ समितिका ८ बुँदे सुझाव
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19