काठमाण्डौ । विश्वमै लघुवित्तका पिता भनेर चिनिएका बंगलादेशी प्रोफेसर डा मोहम्मद युनुस खाँलाई महिनाको जेल सजाय सुनाइएको छ ।
नोबेल पुरस्कार विजेता समेत रहेका अर्थशास्त्री युनुसलाई  बंगलादेशको श्रम कानून उल्लंघन
गरेको आरोप छ । अदालते उक्त अभियोगमा सोमबार जेल सजाय सुनाएको हो ।फैसला सुनाउँदा ८३ वर्षीय युनुस अदालतमा उपस्थित थिए ।

फैसला लगत्तै युनुसले दिएको निवेदनमा अदालतले उनलाई ५ हजार रुपैयाँ धरौटी लिएर एक महिनाको जमानत पनि दिएको छ ।

युनुसका समर्थकहरूले भने जनवरी ७ मा हुन लागेको आम निर्वाचनअघि यो घटनालाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । श्रम अदालतका न्यायाधीश शेख मरिना सुल्तानाले फैसला सुनाउँदै श्रम कानून उल्लंघन गरेको आरोप प्रमाणित भएको बताइन् ।


न्यायाधीशले युनुससहित अन्य तीन जनालाई पनि ग्रामीण टेलिकमको कामका क्रममा कानून उल्लंघन गरेको अभियोगमा छ महिनाको साधारण जेल सजाय सुनाएका छन् । युनुस संलग्न रहेको एक टेलिकम फर्मले कामदारहरूको लागि कल्याणकारी कोष सृजना नगरेको ठहर गर्दै अदालतले दोषी किटान गरेको हो । तर यो फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गर्ने भएका छन् ।

न्यायाधीशले उनीहरूलाई जनही २५ हजार टाका जरिवाना तिर्नुका साथै थप १० दिन जेलमा बस्नु पर्ने फैसला सुनाएका छन् । 
 

विद्यमान कानूनअनुसार युनुस र अन्यले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । उनले सन् २००६ मा नोबेल पुरस्कार पाएका थिए ।

उता विश्वव्यापी मानवअधिकारबादी संस्था एम्नेस्टी इन्टरनेशनलले उनलाई दोषी ठहराउनु भनेको राजनीतिक प्रतिशोध गर्न न्याय प्रणालीको दुरुपयोग गरिको बताएको छ ।

युनुस र उनको ग्रामीण बैंकले बंगलादेशका ग्रामीण भेथका गरिबहरूलाई १०० डलरभन्दा कम ऋण दिएर लाखौंलाई गरिबीबाट बाहिर निकाल्ने कामको लागि नोबेल शान्ति पुरस्कार जितेको थियो ।  जुन विश्वव्यापी आन्दोलनलाई अहिले माइक्रोक्रेडिट भनिन्छ। 

लघुवित्तका पिता मोहम्मद युनुस खाँको सम्मानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ‘युनस पोखरा’ शाखा सञ्चालन गरिरहेको छ ।

बंगलादेशको ग्रामीण ट्रष्टका प्रबन्ध निर्देशक अब्दुल हेई खाँले उक्त शाखाको उद्घाटन गरेका थिए।

ग्रामीण ट्रस्टको स्थापना भने युनुस खाँले गरेका थिए । उनी ग्रामीण ट्रस्टका अध्यक्षसमेत हुन् । -एजेन्सी