Paid Up Capital
काठमाण्डौ । आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको क्रममा रहेको नेपाल राष्ट्रबैंकले लघुवित्त संस्थाहरुको चुक्तापँुजी वृद्धिको गृहकार्य थालेको छ ।
राष्ट्रबैंकका एक अधिकारीका अनुसार लघुवित्त संस्थाहरुको चुक्तापूँजी २ देखि ४ गुणाको दरले वृद्धि गर्ने गरी गृहकार्य थालिएको हो ।
ती अधिकारीका अनुसार लघुवित्तको चुक्तापूँजी बढाउनुपर्ने निश्कर्षमा पुगिए पनि कति गुणासम्म वृद्धि गर्ने भन्ने बिषय राष्ट्रबैंक संचालक समितिमा छलफलकै क्रममा छ । ‘न्यूनतम २ देखि ४ गुणाको दरले लघुवित्तको चुक्तापूँजी बढाउने तयारी भइरहेको छ ।’–उनले भने ।
मौद्रिक नीति अगाडि नै लघुवित्तको चुक्तापूँजी राष्ट्रबैंकले बढाउने हल्लाका कारण लघुवित्त संस्थाहरुको सेयर कारोबार बढ्दै आएको छ । लगानीकर्ताहरुले समेत चुक्तापूँजी वृद्धि हुँदा ती संस्थाहरुले हकप्रद र बोनस सेयर जारी गर्ने आशामा लगानीको रोजाई त्यस्ता संस्थाहरुलाई बनाइरहेका छन् । कतिपय लघुवित्त संस्थाको सेयर मूल्य चुक्तापूँजी वृद्धिकै हल्लाका कारण कतिपय वाणिज्य बैंकको भन्दा पनि माथि पुगिसकेको छ ।
राष्ट्रबैंक स्रोतका अनुसार हाल १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका लघुवित्तको १ करोड, ३ देखि १० जिल्ला कार्यक्षेत्र भएका लघुवित्तको चुक्तापूँजी २ करोड रुपैयाँ छ । यस्तै, एक विकास क्षेत्रमा कारोबार सीमित रहेका संस्थाहरुको ६ करोड र राष्ट्रियस्तरका संस्थाहरुको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । यो चुक्तापूँजीमा २ देखि ४ गुणासम्मको वृद्धि गर्नुपर्ने बाध्यकारी नीति मौद्रिक नीतिबाट सार्वजनिक हुन लागेको हो । राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति असार मसान्तसम्म सार्वजनिक गर्ने यसअघि नै बताइसकेको छ ।
२०७२ को मौद्रिक नीतिबाट केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीको चुक्तापूँजीमा ४ देखि २५ गुणासम्मको वृद्धिको नीति सार्वजनिक गरेको थियो । सोही नीतिअनुसार अहिले ती संस्थाहरु तोकिएको चुक्तापूँजी ०७४ असार मसान्तसम्म पुर्याउने चटारोमा छन् । यो बाध्यताका कारण देशका वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीबीच मर्जर, एक्वीजिसनको क्रम तीव्र छ । कतिपय बित्तीय संस्थाहरुले चाहि तोकिएको पूँजी पुर्याउन हकप्रद र बोनस सेयरको बाढी नै ल्याएका छन् । यो कारणले सेयर बजार पनि हरेक दिन नयाँ नयाँ रेकर्ड कायम गर्दै ऐतिहासिक उचाईमा पुगिसकेको छ ।
लघुवित्तको पनि चुक्तापूँजीको नीति आएपछि सेयर बजार थप गुल्जार हुने र नेप्से परिसूचक अझ माथि उक्लिने निश्चित प्राय छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19