काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७७ मा यस्तो थप व्यवस्था गरेको हो। नयाँ व्यवस्थासँगै अब राष्ट्र बैंकबाट इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्नेछन्।
यो व्यवस्थाअनुसार सञ्चित नोक्सानी बाँकी नरहेका थोक कारोबार गर्ने लघुवित्तहरुले आफ्नो चुक्तापुँजीको २५ प्रतिशतले हुने रकमसम्म आवधिक ऋणपत्र जारी गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन पेस गर्न सक्नेछन्।
यस्तो ऋणपत्र कुनै पनि सुरक्षण नराखी जारी गर्नुपर्नेछ।
यस्तै ऋणपत्रको अवधि, ब्याजदर र ब्याज भुक्तानी गर्ने अवधि तोकिएको हुनुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago