काठमाण्डौ। नेपाल लघुवित्त बैंकर्स संघले सिरहाको लहानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न गरेको छ।
संघका महासचिव रामबहादुर यादवको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठ रहेका थिए। आपैचारिक कार्यक्रमअघि करिब १ हजारजना लघुवित्तका सेवाग्राही सदस्यहरु सहभागीतामा वित्तीय साक्षरता जनचेतनामूलक र्याली लहान चोकबाट सुरु भई लहान बजार परिक्रमा गर्दै गोपाल सदनमा औपचारी कार्यक्रमबीच समापन भएको थियो। सेवाग्राही सदस्यहरुले र्यालीमा ‘लघुवित्त हामीलाई चाहिन्छ’, ‘कर्जाको सदुपयोगिता गरौँ’, ‘लघुवित्तको ब्याजदर १५ प्रतिशत हो’, ‘भ्रामक समाचारको भर नपरौँ’जस्ता नारा लगाएका थिए।
औपचारिक कार्यक्रममा महुली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले लघुवित्तको वर्तमान अवस्था, बचतको महत्व, कुल कर्जा लगानी, कुल बचत, कुल कर्मचारी संख्या, महिला उद्यमशीलतामा लघुवित्तले गरेका महत्वपूर्ण काम, लघुवित्तको कर्जा मिनाहामा गरिएका भ्रामक टिप्पणी तथा समूहहरुका बारेमा प्रस्ट पारेका थिए।
कार्यक्रममा सेवाग्राही सदस्यहरु प्रमिला साह, सन्जु कुमारी सिंह लगाएतले लघुवित्तबाट कर्जा तथा बचत कारोबार गरेर संर्घष गर्दै उद्यमी भएको कथाहरु भनेका थिए। सेवाग्राही सदस्यहरुले आफ्नो कुराहरु राख्ने क्रममा भावुक हुँदै कसैले केही नपत्याउने अवस्थामा लघुवित्तले कर्जा लगानी गरेको र वर्तमान अवस्थामा समेत लघुवित्त बिना अगाडि बढ्न नसक्ने उल्लेख गर्दै अरुहरुलाई पनि कर्जा सदुपयोगिता गर्न र आम्दानीअनुसारको खर्च गर्न सुझाव दिएका थिए।
मन्तव्यका क्रममा प्रदेश सासंद ललिता दासले लघुवित्त महिलाहरुको साथी तथा उन्नतिको प्रमुख तत्व रहेको बताउँदै अनावश्यक भ्रामक समाचार तथा समूहमा नलाग्न बताएकी थिइन्। उनले महिलाहरुको सम्पत्तिको नाममा अहिले पनि केही नरहेको र लघुवित्तको विना धितो कर्जा तथा बचतको कारोबारले आर्थिक उन्नती भएको देख्न नसक्नेहरुले नै अनावश्यक भ्रामक समाचारहरु फैलाएको बताएकी थिइन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago