काठमाण्डौ । लघुवित्त संस्थाहरुले आउँदो माघदेखि आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि लघुवित्त वित्तीय संस्थाहरुले अनिवार्य रुपमा आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशिन गर्नुपर्ने व्यवस्था थिएन। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत यो व्यवस्था ल्याएको थियो। सोहीलाई कार्यान्वयन गर्न आज राष्ट्र बैंकले निर्देशन जारी गरेको हो। 

यसअघि लघुवित्त वित्तीय संस्थाले मासिक रुपले अनुसूची–१५.१ बमोजिम आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था थियो।