काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गरेको छ।
राष्ट्र बैंकले आज एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गरेको हो।
संशोधित व्यवस्थाअनुसार अब लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ।
यसअघि २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19