काठमाण्डौ । मुलुकमा सञ्चालनमा रहेका दुई निर्जीवन लघुबीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पाँच महिनासम्ममा २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार उक्त अवधिसम्ममा नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पौने ३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
 

निर्जीवन लघु बीमा कम्पनीहरुले सञ्चालनमा आएदेखि नै क्रमिक रुपमा व्यवसाय बढाउँदै लगेका छन् । मंसिर महिनासम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड ४० लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । 
 

दुई निर्जीवन लघुबीमा कम्पनीको मंसिर महिनासम्म जारी बीमालेख संख्या ११ हजार १८८ रहेको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्सको ८ हजार १३७ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ३ हजार ५१ रहेको छ । 
नेपाल माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा छ । कम्पनीले असार २८ गतेदेखि औपचारिक रुपमाकारोबार सुरु गरेको हो ।

त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत साउन ११ गतेदेखि औपचारिक कारोबार सुरु गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय धनगढीमा छ ।