लण्डन । कोरोना संक्रमित अर्का नेपालीको बेलायतमा मृत्यु भएको छ।
गत सोमबार नै ती ४० वर्षीय नेपालीको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षण हुँदा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
समाचार अनुसार लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।
बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन । ज्वरो र खोकी लगायतका लक्षण देखा परेपछि उनलाई शनिवार बिहान अस्पताल भर्ना गरिएको थियो । त्यसको २ दिनपछि सोमबार बिहान ती व्यक्तिको निधन भएको हो ।
लण्डनमा कोरोना संक्रमणबाट यसअघि पनि एक नेपालीको मृत्यु भएको थियो । यसअघि ६६ वर्षका भूपू गोर्खा सैनिकको मृत्यु भएको थियो । बेलायतमा बिहीबारसम्म कोरोना संक्रमणबाट ४६५ बढीले ज्यान गुमाइसकेका छन् भने त्यहाँका ९ हजार ५०० बढीमा यसको संक्रमण देखिइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago