काठमाण्डौ । आर्थिक वर्ष ०७३/७४ मा सिद्धार्थ बैंक लिमीटेडले १६ करोडले मात्र नाफा बढाएको छ । 

अघिल्लो आर्थिक वर्षमा १ अर्ब २५ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्ष मा १ अर्ब ४१ करोड खूद नाफा आर्जन गरेको हो । 

व्यवसाय वृद्धिमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी २ अर्ब ११ करोडबाट वृद्धि भई २ अर्ब ६५ करोडको उचाईमा पुुगेको छ । बैंकले १ अर्ब ८५ करोड संचालन मुनाफा गरेको छ, यस्तो मुनाफा अघिल्लो वर्ष १ अर्ब ६५ करोड थियो । 

बैंकले जगेडाकोषलाई बढाएको छ । अघिल्लो वर्षसम्म १ अर्ब ७४ करोडमा सीमित यस्तो कोषमा यो आर्थिक वर्षमा ३ अर्ब २८ करोड रकम रहेको छ । 

यो अवधिमा बैंकले ७७ अर्ब ३१ करोड कुल निक्षेप संकलन गरी ६६ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष बैंकले ६४ अर्ब ९३ करोड निक्षेप संकलन गरी ५५ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको थियो । 

नाफामा सामान्य प्रगति देखिँदा कस्ट अफ फण्ड(लागत खर्च) समेत ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्ष ३.८४ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर यो वर्ष ५.४० प्रतिशत पुुगेको छ । १.४७ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जा घटाएर १.१५ प्रतिशतमा झार्न बैंक सफल भएको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.५४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.६७ गुणा कायम भएको छ ।