–रेखा चन्द

काठमाण्डौ । विगतका वर्षहरुमा यतिबेला अधिकांश लघुुवित्त संस्थाहरुले आफ्ना सेयरधनीहरुका लागि अघिल्लो वर्षको लाभांश प्रस्ताव गरिसकेका हुन्थे। कतिपयले त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर वार्षिक साधारणसभा गरी सेयरधनीलाई वितरण गरिसकेका हुन्थे। 

यसपालि भने लघुवित्त संस्थाहरुले लाभांश प्रस्ताव गर्नमा ढिलाइ गरिरहेका छन्। त्यतिमात्रै होइन उनीहरुले लाभांश प्रस्ताव गर्नु अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृतका लागि राष्ट्र बैंकमा पठाउनुपर्छ। त्यो काम पनि लघुवित्तहरुले गरेका छैनन्। 

राष्ट्र बैंकका अनुसार हाल ६५ वटा लघुवित्त संस्था सञ्चालनमा छन्। ‘हालसम्म एउटा पनि अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृतका लागि राष्ट्र बैंकमा पठाएका छैनन्’, राष्ट्र बैंक स्रोत भन्छन्।

यसअघि केही लघुवित्त अघिल्लो वर्षको वित्तीय विवरण स्वीकृतका लागि राष्ट्र बैंकमा पुुगेको थिए। तर, अधिकांश लघुवित्तले सेवा शुल्कबापत मनपरी रकम असुलेको भेटिएपछि राष्ट्र बैंकले फर्काइदिएको थियो। ‘नियमविपरीत लिएको सेवा शुल्कबापतको पैसा ग्राहकलाई फिर्ता गरेरमात्रै वित्तीय विवरण स्वीकृत लागि आउन निर्देशन दिइएको छ’, स्रोत भन्यो। 

विशेषगरी नियाकमीय प्रावधानलाई मिचेर कार्य गर्ने संस्थाहरुप्रति राष्ट्र बैंक कठोर बनेपछि लघुवित्त हच्किएका हुन्। ‘उनीहरु पर्ख र हेरको अवस्थामा बसेका छन्’, स्रोतले भने, ‘यसबीचमा केहीको विवरण नआएको होइन तर आएकाहरुमा धेरैको वित्तीय अवस्थामा केही शंका देखियो। मुुख्य कुरा त ग्राहकबाट तोकिएकोभन्दा बढी मनपरीे सेवा शुल्क लिएको पाइयो। त्यो सेवा शुुल्कलाई फिर्ता गरी आवश्यक अरु शीर्षक पनि नियमअनुुसार मिलाएर आउन भनिसकेको छौँ। तर, अहिलेसम्म औपचारिक रुपमा वित्तीय विवरण मिलाएर कोही आएका छैनन्।’

लघुवित्तका प्रतिनिधिहरुले पनि आफूहरुले वित्तीय विवरण स्वीकृतका लागि राष्ट्र बैंकमा नपठाएको स्वीकारेका छन्। दुुई कारणले लघुवित्तको वित्तीय विवरण पेस गर्नमा ढिलाइ हुन गएको लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ प्रकाश राज शार्मा बताउँछन्। ‘एउटा, राष्ट्रियस्तरका लघुवित्त संस्थाहरुले नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण प्रकाशित गर्नुपर्दा वा बनाउनुुपर्दा ढिला भएको हो’, उनले भने, ‘अर्को कुरा भएका प्रावधान उल्लंघन भए कि भन्नेमा पनि राष्ट्र बैंकको कन्र्सन रह्यो। ढिलो हुुनुमा विशेष कारण सेवा शुल्क पनि हो। कसैले नपठाएको भन्दा पनि केहीले पठाएका थिए तर त्यसमा थप मिलाएर पठाउन भनिएको होला।’

यस्तै राष्ट्र बैंकले प्रोभिजन, सेवा शुुल्कलगायतमा थप विवरण माग गरेकाले पनि वित्तीय विवरण पेसमा ढिलाइ भएको छिमेक लघुवित्त वित्तीय संस्थाका एक अधिकारी बताउँछन्। ‘अहिले राष्ट्र बैंकले प्रोभिजन, सेवा शुुल्कलगायतका थप डकुुमेन्ट मागेको छ। त्यसकै तयारीले गर्दा पनि अलि ढिलो भएको हो’, ती अधिकारीले भने। 

साना किसान लघुुवित्त वित्तीय संस्थाका डेपुुटी सीईओ झलेन्द्र भट्टराईले यही साता वित्तीय विवरण स्वीकृतका लागि पठाउने तयारी भइरहेको बताए। ‘योबीचमा संस्थामा अडिटर परिवर्तन हुनुुभयो। उहाँ अर्को ठाउँमा जानुुभयो। नयाँ अडिटर हुँदा अलि ढिला भयो’, भट्टराईले भने, ‘तर, पनि सबै तयारी गरेर यो साताभित्र राष्ट्र बैंकमा जान्छौँ होला।’