 
                     
                                
                             
                                    काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेड आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश वितरण नगर्ने भएको छ।
कम्पनी सञ्चालक समितिको पुस १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले नगद लाभांश र बोनस सेयर दुवै प्रस्ताव नगर्ने निर्णय गरेको छ।
बैठकले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।
राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19