काठमाण्डौ । अन्य सूचक औसत रहे पनि लुम्बिनी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० मा राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये सबैभन्दा आकर्षक लाभांश क्षमता बनाएको छ । 

लुम्बिनी विकास बैंकले लाभांश क्षमतामा सबैलाई टपेको हो ।

यो विकास बैंकले २०७९-८० का लागि ११.६१ प्रतिशतको लाभांश क्षमता बनाएको हो । 

लाभांश क्षमताकै हिसाबमा साइन रेसुंगा डेभलपमेन्ट बैंक ११.३६ प्रतिशतसहित दोश्रो स्थानमा आएको छ । साइन रेसुंगाले तुलनात्मक रुपमा धेरै सूचकमा लुम्बिनीलाई निकै पछाडि पारे पनि लाभांश क्षमतामा भने दोश्रो स्थानमा रहन गएको हो । 

लाभांश क्षमतामा साइनपछि गरिमा विकास बैंक आएको छ । गरिमाको लाभांश क्षमता १०.७४ प्रतिशत रहेको छ । 

लाभांश क्षमता विकासको हिसाबले अरु बेला सधैं नम्बर वानमा रहने गरेको मुक्तिनाथ विकास बैंक यो पटक पनि चौथो नम्बरमा धकेलिएको छ । मुक्तिनाथको लाभांश क्षमता १०.०३ प्रतिशत रहेको छ । 

लाभांश क्षमतामा राष्ट्रिय स्तरको विकास बैंकमध्ये क्रमशः पाँचौं, छैठौं, सातौं र आठौं स्थानमा महालक्ष्मी विकास बैंक(८.०६), सांग्रिला डेभलपमेन्ट बैंक(७.६२), ज्योति विकास बैंक(५.१८) र कामना सेवा विकास बैंक(१.७७) रहेका छन् । 

नाफा कसको कस्तो ?
खूद नाफा आर्जनमा मुक्तिनाथ विकास बैंकले आफ्नो बर्चश्वलाई कायमै राखेको छ । यो बैंकले १३६ करोड खूद नाफा आर्जन गरेको छ । 

गरिमा विकास बैंक १२१ करोड कमाउँदै दोश्रो स्थानमा छ । 

७८ करोड ६८ लाख नाफा कमाएर साइन रेसुंगा तेश्रो स्थानमा उक्लिएको छ भने ६१ करोड २४ लाख नाफा कमाउँदै लुुम्बिनी विकास बैंक चौथो स्थानमा आइपुगेको छ ।

ज्योति विकास बैंकले ५५ करोड ३२ लाख, महालक्ष्मी विकास बैंकले ४७ करोड ९ लाख, कामना सेवा विकास बैंकले ४३ करोड ११ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले ३८ करोड ३३ खूद नाफा आर्जन गरेका छन् । 

सञ्चालन मुनाफामा मुक्तिनाथ विकास बैंक १९७ करोडसहित पहिलो स्थानमा, १७२ करोडसहित गरिमा दोश्रो स्थानमा तथा ११३ करोडसहित साइन रेसुंगा तेश्रो स्थानमा छन् । 

अन्य सूचक कस्का कस्ता ?
खूद ब्याज आम्दानीमा पनि मुक्तिनाथ विकास बैंक ४११ करोडसहित सबैभन्दा अगाडि छ । 

कुल ३२० करोडसहित गरिमा दोश्रो तथा २३६ करोडसहित ज्योति विकास बैंक तेश्रो स्थानमा छन् । 

कामना सेवा २१६ करोडसहित चौथो र २१० करोडसहित साइन रेसुंगा पाँचौ स्थानमा छन् । 

प्रतिसेयर आम्दानीमा गरिमा विकास बैंक पहिलो स्थानमा छ । यसको इपीएस २३.४७ रुपैयाँ रहेको छ । 

रु. २१.२४ सहित मुक्तिनाथ दोश्रो तथा रु. १८.३७ सहित साइन तेश्रो स्थानमा छन् । 

सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकमा रहेको छ । यो बैंकको खराब कर्जा अनुपात ०.८९ प्रतिशत रहेको छ । त्यसपछि गरिमामा १.५५ प्रतिशत तथा साइनमा १.८१ प्रतिशत रहेको छ । सबैभन्दा बढी खराब कर्जाको अनुपात महालक्ष्मी विकास बैंकमा रहेको छ । 

निक्षेप संकलनमा मुक्तिनाथ, गरिमा र ज्योति क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् भने कर्जा प्रवाहमा मुक्तिनाथ, गरिमा र साइन क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थानमा छन् । 

विस्तृत तलको चार्टमा हेर्नुहोस् :

*यसअघिको हेडलाइन संसोधन गरिएको छ।