काठमाण्डौ । यमनको विद्रोहि हुथी समूहले लालसागरमा व्यवसायिक जहाजलाईआक्रमणको निशाना बनाउने क्रम बढेसँगै निर्यातकर्ताहरुले लागत बढ्ने चेतावनी दिएका छन् । 

लालसागरको अवरोध नरोकिए भारतलगायत विश्वको अर्थतन्त्र प्रभावित हुने चेतावनी अर्थशास्त्रीहरुले यसअघि नै दिइसकेका छन् ।

विद्रोही समूहको निरन्तरको आक्रमणका कारण कतिपय मालबाहक जहाज कम्पनीले ढुवानी नै स्थगन गरिसकेका छन् भने अर्को मार्ग परिवर्तन गर्नुपर्दा ढुवानी लागत बढेको छ । यतिमात्र नभई मार्ग परिवर्तन गर्दा बीमा कम्पनीहरुले सिपमेन्टको बीमा कभर प्रदान गर्न अस्वीकार गरेका  छन्।

भारतीय निर्यात संगठन महासंघ (एफआईईओ) का महानिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत डा अजय सहायले त  माग परिवर्तन गर्दा लागत बढ्दै गएको उल्लेख गर्दै केहि बीमा कम्पनीले लालसागरबाट जाने जहाजलाई बीमा कभर नदिने निर्णयले झन समस्या सृजना गरेको बताएका छन् ।

एफआईईओले यस विषयमा सहयोगका लागि नरेन्द्र मोदी सरकारसँग अपिल पनि गरेको छ। भारतमा उत्पादित वस्तुको मूल्य नबढोस् र विदेशी बजारमा भारतीय निकासी प्रतिस्पर्धी बन्न नदिन आयात शुल्क घटाउन पनि एफआईईओले आग्रह गरेको छ।

हुथी विद्रोहीले आइतबार मात्रै लाल सागरमा अमेरिकी कार्गो जहाजमा मिसाइल प्रहार गरेको छन् । यस आक्रमणमा ग्रिबल्टार इगल नाम गरेको सो जहाजमा कुनै चोट वा उल्लेख्य क्षति नभएको बताइएको छ । घटनाको समयमा जहाज गल्फ अफ अडेनतिर जाँदै थियो ।इजरायलसँग लडिरहेको हमासलाई समर्थन गरिरहेको हुथी समूहले गत नोभेम्बरदेखि हालसम्म २० वटा जहाजमाथि आक्रमण गरिसकेको छ । आक्रमणको भयका कारण लालसागर भएर आवाजजावत गर्ने करिब २० प्रतिशत जहाजले यात्रा स्थगित गरेका छन् ।

उता अमेरिका,बेलायत लगायतका विभिन्न राष्ट्रले हुथी समूहको आक्रमण रोक्न यमनमा हवाई हमला सुरु गरेका छन् । ती हवाई हमलाहरु राजधानी साना, लालसागर बन्दरगाह हुदायदाह, धामार र उत्तर- पश्चिमी हुथी गढ सादामा केन्द्रित भएको बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक माथि आक्रमण गर्ने र विश्वकै सबैभन्दा महत्त्वपूर्ण तथा संवेदनशील क्षेत्रमा निर्वाध पारवाहनको अधिकार खतरामा पार्न खोज्नेलाई नछाड्ने बताएका छन् ।
लाल सागरमा हुथी आक्रमणले यूरोप र एशिया बीचको मुख्य व्यापारिक मार्गबाट हुने अन्तरराष्ट्रिय व्यापार अवरुद्ध बनेको छ । विश्वको कुल व्यापारमा लाल सागरबाट हुने ढुवानीको १५ प्रतिशत हिस्सा छ ।

विश्वको अधिकांश तेल र प्राकृतिक ग्यास लालसागर हुँदै आउँछ, साथै विश्वको ढुवानी ट्राफिकको लगभग १५ प्रतिशत यहि मार्गबाट हुन्छ ।
केहि प्रमुख ढुवानी कम्पनी र निर्यातक बीपीले पहिले नै दक्षिणी अफ्रिकातर्फ जहाजहरू डाइभर्ट गरिसकेका छन् ।

दक्षिण अफ्रिकाको केप अफ गुड भएर मालसामान ल्याउँदा समुद्री भाडा दरहरू प्रति ४० फिट कन्टेनर १० हजार डलरले बढेको छ ।

यसले समय र लागतसमेत थपिएको छ । यदि संकट जारी रह्यो भने विश्व बजारमा तेल र सामानको मूल्य पनि नाटकीय रुपमा बढ्ने अनुमान छ ।
के हो पारवहन अधिकार ?
सामुद्रिक मार्गमा निर्वाध पारवहन अबरोध भए आपूर्ति संकट निम्त्याउँछ । यसले मानवीय संकट पनि निम्त्याउँछ ।

हुथी विद्रोहीको सन्दर्भमा पनि उसले कुनै कारण जनाएर  पारवहन अधिकार हनन गरिरहेको छ । यो विषय यतिखेर अन्तरराष्ट्रिय समुदायमाझ पुगेको छ ।

अमेरिका, बेलायत लगायतका मुुलुकहरुले  लालसागमार केहि समययतादेखि विग्रदै गएको सामुद्रिक वातावरण खलबल्याउन गरिएको प्रसासको रुपमा लिएको बताएका छन् । 

भू-पेरिवेष्ठित मुलुकका रुपमा रहेको नेपालमाथि पनि यो या त्यो बाहनामा कुनै पनि किसिमको प्रतिबन्ध लगाउन पाइदैन । नेपालले अन्तरराष्ट्रिय सन्धि र सम्झौताले प्रदान गरेका समुद्रसम्मको पारवहन पहुँचसम्बन्धी अधिकार प्राप्तिका लागि समय समयमा लवीईङ गर्दै आएको छ । -एजेन्सी