काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार (वैशाख ३ गते) बसेको बैठकले कम्पनीको ११औँ, १२औँ र १३औँ वार्षिक साधारणसभा यही वैशाख २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको चुक्तापुँजीको ५० प्रतिशतबराबरको हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीले आफ्नो चुक्तापुँजी र सञ्चित मुनाफाभन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने र थप ऋणका लागि स्वीकृति प्रदान गर्नेछ।
अन्य जलविद्युत कम्पनी गाभ्ने तथा प्राप्ति गर्ने, खरिद गर्ने तथा नयाँ परियोजनामा लगानी गर्ने प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
हाल कम्पनीको स्वामित्वमा रहेका निर्माण प्रक्रियामा जान बाँकी आयोजनाहरुको निर्माणका लागि आवश्यक पुँजी व्यवस्थापन गर्न तथा हक हस्तान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७६–७७, २०७७–७८ र २०७८–७९को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
सभाले संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना गरी ६ जना सञ्चालकको निर्वाचन र एकजना स्वतन्त्र सञ्चालक नियुक्ति गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago