काठमाण्डौ । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९.५५ रुपैयाँ कुल १३.७१ प्रतिशतले हुन आउने ३९ करोड ८५ लाख ३२ हजार ९१०.७२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश १० प्रतिशतले हुन आउने २९ करोड ६ लाख ४५ हजार ३५४.९६ रुपैयाँबराबरको बोनस सेयर र ३.७१ प्रतिशतले हुन आउने १० करोड ७८ लाख ८७ हजार ५५५.७६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19