काठमाण्डौ । सूूर्योदय लघुवित्त बित्तीय संस्थाले खूद नाफामा ५८.४५ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ करोड ४९ लाख खूद नाफा कमाएको यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ३७ लाख नाफ आर्जन गरेको हो । 

व्यवसायको बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिललो वर्ष ४ करोड १३ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर यो वर्ष ६ करोड ९८ लाखको उचाईमा पुुगेको छ । 

सूूर्योदयको रिजर्ब कोष समेत निकै राम्रो ढंगले बढेको छ । अघिल्लो वर्ष १ करोड ७३ लाख रुपैयाँ रहेको कोषमा २०७३/७४ को अन्तसम्म ४ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । 

यो अवधिमा यो माइक्रो फाइनान्स कम्पनीले ४० करोड ११ लाख सापटी लिई तथा २५ करोड १२ लाख निक्षेप संकलन गरी ६३ करोड २५ लाख कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष यो कम्पनीले ३२ करोड ४८ लाख सापटी लिई तथा १३ करोड ९३ लाख निक्षेप संकलन गरी ४२ करोड ७५ लाख कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा सूूर्योदयको प्रतिसेयर आम्दानी ५९.३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०२.७३ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १९३२.३५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.३३ गुणा कायम भएको छ ।