काठमाण्डौ । नेपालका सरकारी, सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रृब्यदृश्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक लिमीटेड र आईसिटी ईन एजुकेशन नेपाल प्रा.लि.बीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईन एजुकेशन नेपाल प्रा.लि.को तर्फबाट प्रबन्धनिर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरेका छन् ।
यस योजनाअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रक्रियामा कर्जा उपलब्ध गराउने छ ।
यो कर्जा मुक्तिनाथ विकास बैंक लिमीटेडका नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध हुने बैंकले विज्ञप्तिमार्फत प्रष्ट्याएको छ ।
यसबाट विद्यालय, शिक्षक र बिद्यार्थीहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारिता आउने बैंकले अपेक्षा व्यक्त गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19