काठमाण्डौ । प्राकृतिक हीरा पृथ्वीको गर्भमा लाखौँ वर्षको प्रक्रियामा तयार हुन्छन्। तिनीहरु खानीमार्फत निकालिन्छन्। 

अर्कोतर्फ ल्याब ग्रोन डायमन्ड प्रयोगशालामा बनाइन्छ। तिनीहरु पनि वास्तविक हीराजस्तै देखिन्छन्। दुवैको रासायनिक संरचना पनि समान हुन्छ। तर, ल्याबमा १ हप्तादेखि ४ हप्तामा हीरा तयार हुन्छ। यिनीहरु पनि सर्टिफिकेटका साथ बिक्री गरिन्छ। 

प्राकृतिक हीराको मूल्य ल्याबमा तयार पारिएको हीराको मूल्यभन्दा ३–४ गुणाले बढी हुन्छ। तर, सस्तो भएकाले हिजोआज ल्याबमा उत्पादित हीराको माग बढ्दै गइरहेको छ। ल्याबमा बनाइएका हीरा पनि एउटै कलर, कटिङ र डिजाइन तथा सर्टिफिकेटका साथ उपलब्ध हुन्छ। 

ल्याबमा कसरी बनाइन्छ हीरा ? 

प्राकृतिक हीरा कार्बनबाट बनेको हुन्छ। यो पृथ्वीभित्र धेरै दबाब र धेरै उच्च तापमानमा लाखौँ वर्षमा तयार हुन्छ। ल्याबमा तयार गरिने हीरा उच्च दबाव र उच्च तापक्रममा बनाइन्छ। यसका लागि कार्बन सिड आवश्यक पर्छ। यसलाई माइक्रोवेभ च्याम्बरमा राखेर निर्माण गरिन्छ। चम्किलो प्लाज्मा बललाई उच्च तापक्रममा तताएर बनाइन्छ। यस प्रक्रियामा यस्ता कणहरु बनाइन्छ जुन केही हप्तापछि हीरामा परिणत हुन्छन्। त्यसपछि तिनीहरुलाई प्राकृतिक हीराजस्तै काटिङ गरेर पलिसिङ गरिन्छ। 

विदेशमा ल्याबमा बनाइएको हीराको रिसेल भ्याल्यू ६०–७० प्रतिशतसम्म रहेको छ। किनकि यसको माग उच्च रहेको छ। बजारमा बेचिने हीराको लगभग ३० प्रतिशत हिस्सा ल्याबमा तयार पारिएको हीराको रहेको छ। 

कसरी पहिचान गर्ने ?

प्राकृतिक र ल्याबमा बनेका हीराहरुबीचको भिन्नता छुट्याउन गाह्रो छ। यी दुईबीचको भिन्नता यो हो कि ल्याबमा बनाइएको हीरामा नाइट्रोजन हुँदैन। जब कि प्राकृतिक हीरामा हुन्छ। प्रयोगशालामा उत्पादन भएको हीरा किन्दा जीआईए सर्टिफिकेट लिनुपर्छ। जसले गर्दा गुणस्तर र रिसेल भ्याल्यू पाउन सकिन्छ। –एजेन्सी