काठमाण्डौ । इक्विटीले कुुनै पनि व्यवसायमा एकदमै महत्व राख्ने गर्छ। इक्विटीलाई त्यसै खेर जान दिनुहुँदैन भन्ने आममान्यता रहेको पाइन्छ।
तपाइँले कुनै पनि व्यापारी वा उद्यमीसँग छलफल गर्नुभयो भने उनीहरुले तपाइँलाई इक्विटी बचाउने सल्लाह दिन्छन्। तर भारतमा एउटा यस्ता व्यवसायी छन्, जसले आफ्नो इक्विटी मानिसहरुलाई उपहारका रुपमा दिँदै आएका छन्।
ती व्यक्ति हुन्, भारतको आईडीएफसी फर्स्ट बैंकका एमडी तथा सीईओ वी वैद्यनाथन। वैद्यनाथ थुप्रै वर्षैंदेखि आफ्नो इक्विटी उपहारको रुपमा दिइरहेका छन्। अहिलेसम्म उनले आफ्नो कुल सम्पत्तिको करिब ३८ प्रतिशत सेयर उपहारका रुपमा दिइसकेका छन्।
वैद्यनाथनले सन् २०१८ मा आफ्नो फाइनान्स कम्पनी क्यापिटल फर्स्टलाई आईडीएफसी बैंकसँग मर्ज गरेका थिए। मर्जरपश्चात आईडीएफसी फर्स्ट बैंक बन्यो र वैद्यनाथले धेरै सेयर प्राप्त गरे।
क्यापिटल फर्स्ट सञ्चालन गर्दादेखि नै वैद्यनाथनले सेयर उपहार दिने गर्थे। मर्जर हुनुभन्दा अघि उनले ४० करोड भारुबराबरको सेयर एउटा सामाजिक संस्थालाई उपहार दिएका थिए र करिब २० करोड सेयर आफ्ना कर्मचारीलाई दिएका थिए।
र्जरपश्चात पनि वैद्यनाथनले सेयर उपहार दिने क्रम जारी राखेका छन्।
वैद्यनाथ केवल आफ्ना कर्मचारी र सामाजिक संस्थालाई मात्रै सेयर उपहार दिँदैनन्, उनी आफ्ना आफन्त, निजी स्टाफ, ड्राइभर, घरमा काम गर्ने कामदार, ट्रेनर आदि सबैलाई सेयर दिने गर्छन्। अहिलेसम्म उनले ६८ करोड सेयर बाँडिसकेका छन्। जुन उनको कुल सम्पत्तिको ३८ प्रतिशत हुन आउँछ।
कोरोना महामारीका बेला वैद्यनाथनको सेयर उपहारको एउटा घटना निकै भाइरल भएको थियो। उनी अध्ययन गर्ने केन्द्रीय विद्यालयका उनका एक शिक्षकले उनलाई एउटा अन्तर्वार्तामा जानका लागि ५०० रुपैयाँ उपहार दिएका थिए। वैद्यनाथले आफ्ना ती शिक्षकलाई करिब ३० लाख रुपैयाँबराबरको सेयर उपहार दिएका छन्।
प्रमोटर हुनुुका बाबजुत पनि आफ्नो यति धेरै सेयर किन उपहार दिनुहुन्छ भन्ने प्रश्नमा वैद्यनाथले शानदार जबाफ दिएका छन्। वैद्यनाथका अनुसार उनको तलबबाट उनको सबै खर्च धानिन्छ। यस्तोमा उनी सेयरकै माध्यमबाट अरुलाई सहयोग गर्न सक्छन्। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago