काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुलाई समेत टक्कर दिने गरी नाफा आर्जन गर्दै आएको ओम डेभलमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को प्रगति विवरण सार्वजनिक गरेको छ ।

यो बैंकले यो आर्थिक वर्षमा ४३ करोड ३४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २९ करोड ६५ लाख खूद नाफा कमाएको थियो । 

यो बैंकले खूद ब्याज आम्दानीतर्फ करिब दुुईगुणाले वृद्धि गरेको छ । अघिल्लो वर्ष ४४ करोड ४७ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ८७ करोड ६६ लाखको उचाईमा पुुगेको हो । 
रिजर्ब करिब तीनगुणाले बढेको छ । अघिल्लो वर्ष २६ करोड ७३ लाख रहेको रिजर्ब बढेर यो वर्ष ७५ करोड ८६ लाख पुुगेको छ । 

३५ करोड ६२ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६५ करोड ८३ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा ओम डेभलपमेन्ट बैंकले १६ अर्ब बढी निक्षेप संकलन गरी १४ अर्ब बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ११ अर्ब ८५ करोड बराबरको निक्षेप संकलन गरी ९ अर्ब ९२ करोड कर्जा प्रवाह गरेको थियो।

यो बैंकको लागत खर्च पनि बढेको छ । अघिल्लो वर्ष ५.४९ प्रतिशत रहेकोमा यो वर्ष बढेर लागत खर्च ८.२६ प्रतिशत पुुगेको हो । 

यो अवधिमा बैंकको प्रति सेयर आम्दानी २६.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.८६ गुणा कायम भएको छ । अघिल्लो वर्ष यो बैंकको प्रति सेयर आम्दानी ३०.८३ रुपैयाँ थियो । हालै यो बैंकले मनास्लु विकास बैंकसँग मर्जर गरेको थियो ।