काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो साउन १ गतेबाट सरकारी कारोबारको दैनिक विवरण अनिवार्य रुपमा सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।
केन्द्रीय बैंकको बैंकिङ विभागले सरकारी सरकार गर्ने इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। हाल वाणिज्य बैंकहरुले ई–मेलमार्फत पठाउने सरकारी कारोबारको दैनिक विवरणका आधारमा राष्ट्र बैंकले हिसाब मिलान गर्दै आएको थियो।।
साउन १ बाट राष्ट्र बैंकले सञ्चालनमा ल्याएको एसआईएस पूर्ण कार्यान्वयनमा ल्याउन लागेको हो। त्यसैले साउन १ बाट वाणिज्य बैंकहरुले यही प्रणालीमार्फत अनिवार्य रुपमा राष्ट्र बैंकलाई सरकारी कारोबारको दैनिक विवरण पठाउनुपर्ने र सोही आधारमा हिसाब मिलान हुने भएको हो।
अर्को निर्देशन नभएसम्मका लागि सरकारी कारोबारको दैनिक विवरण ई–मेलसमेत समानान्तर रुपमा पठाउन पनि वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago