काठमाण्डौ । वाणिज्य बैंकहरुको आधार दर ५ वर्षअघिकै तल्लो स्तरमा झरेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६८ प्रतिशतमा झरेको छ। जुन ५ वर्षअघिकै विन्दुको हाराहारीमा रहेको छ।
अघिल्लो वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरुको औसत आधार दर ८.४३ प्रतिशत रहेको थियो। यो हिसाबले समीक्षा वर्षमा बैंकहरुको औसत आधार दर १.७५ प्रतिशतले घटेको छ।
समीक्षा वर्षमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर पनि घटेर ८.४३ प्रतिशतमा झरेको छ। जुन अघिल्लो वर्ष १०.११ प्रतिशत रहेको थियो।
बैंकको निक्षेपको भारित औसत ब्याजदर ४.६५ प्रतिशतमा ओर्लेको छ। अघिल्लो वर्ष निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत थियो।
वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर अघिल्लो वर्ष ०.३५ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ४.१२ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तरबैंक ब्याजदर २०७८ असारमा ४.१४ प्रतिशत रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago