काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि यसअघि पाउँदै आएको अमेरिकी डलर सटहीको सीमा बढाएको छ। 

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै वायुयान सञ्चालक संस्थाले सेवा आयातका लागि यसअघि पाउँदै आएको अमेरिकी डलर सहटीको सीमा १ लाख पुर्याएको हो। यसअघि ५० हजार डलरको मात्रै सटहरी सुविधा रहेको थियो। 

अब वायुयान सेवा सञ्चालक संस्थालाई १ लाख अमेरिकी डलरबराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भारतमा अमेरिकी डलर १ लाखबराबरको हुने भारु वा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न सकिने)सम्मको सेवा आयातका लागि वाणिज्य बैंकहरुबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सक्नेछन्। 

यस्ता छन् सर्तहरु