काठमाण्डौ । विश्व सेयर बजारका बादशाह वारेन बफेटको लगानी रणनीतिलाई धेरै लगानीकर्ताले अनुशरण गर्ने गरेका छन्। बफेटले गरेको लगानीलाई विश्व बजारलाई निकै चासोका साथ हेरिन्छ।
बफेटको पछिल्लो लगानीले विश्व सेयर बजारमा तरंग ल्याइदिएको छ। जसका कारण अमेरिकी सेयर बजारमा मात्रै होइन उनकै कम्पनी बर्कशायर हाथवेको सेयरमूल्यमा समेत बढोत्तरी ल्याइदिएको छ।
बफेटले सन् २०२० को सुरुआती चरणमा कोभिड प्रभाव बढेसँगै अमेरिकी एयरलाइन्स कम्पनीका सेयर भटाभट बेचेका थिए। बफेटले पुनः सोही कम्पनीको सेयर धमाधम खरिद गर्नुलाई विश्व बजारमा निकै चासोका साथ हेरिएको हो।
विश्व बजारमा बफेटको लगानी सिद्धान्त निकै चासोका साथ हेरिन्छ। दोस्रो त्रैमासको रिपोर्टअनुसार बर्कशायर हाथवेको नाफा २८.१ बिलियन अमेरिकी डलर रहेको छ। जुन अघिल्लो सोही समीक्षा अवधिको तुलनामा ७ प्रतिशतले बढी हो।
यो कम्पनी सन् २०२० को पहिलो ६ महिनामा कोरोना प्रभावका कारण २३.५ बिलियल अमेरिकी डलर घाटामा थियो। बफेटको अहिलको नेटवर्थ १०५ बिलियन अमेरिकी डलर रहेको छ।
बफेटले गरेका लागनीहरुमा एप्पल, कोकाकोला, अमेरिकी एक्सप्रेसजस्ता विश्वबिख्यात कम्पनी रहेका छन्। उनको लगानी अमेरिकामा मात्रै नभएर ब्रिटेनका पनि ठूला बिगमार्ट टेस्को, कोस्कोजस्ता कम्पनीमा लगानी गरेका छन्।
बफेटले अमेरिकामा भएका हालाको घर तथा अन्य वस्तुको बढोत्तरीले भने मुद्रस्फीति बढ्ने भन्दै सरकारको आलोचना पनि गरेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19