काठमाण्डौ । विश्वविख्यात सेयर लगानीकर्ता वारेन बफेटले आफ्नो कम्पनी बर्कसायर हाथवेको लगानीको ७५ प्रतिशत हिस्सा जम्मा ५ वटामात्रै स्टकमा लगानी गरेका छन्। यसले लगानीकर्ताले राम्रा कम्पनीमा लगानी गर्नसके धेरै कम्पनीमा लगानी गर्नु अवश्यक हुँदैन भन्ने पनि हो। 

पहिलो नम्बरमा एप्पल कम्पनी रहेको छ। यो कम्पनीमा बर्कसायर हाथवेको ५० प्रतिशत लगानी रहेको छ। यो कम्पनीमा हाथवेको १७७.६ बिलियन डलर रहेको छ। दोस्रो नम्बरमा बैंक अफ अमेरिका रहेको छ। यो कम्पनीमा बर्कसाय हाथवेको २९.६ बिलियन डलर लगानी रहेको छ। 

त्यसैगरी तेस्रो नम्बरमा वित्तीय सेवा प्रदायक कम्पनी अमेरिकी एक्सप्रेस रहेको छ। यसमा बर्कसाय हाथवेको २६.४ बिलियन डलर लगानी रहेको छ। 

चौथोमा कोकाकोला कम्पनीमा बर्कसायर हाथवेको २४.१ बिलियन डलर लगानी रहेको छ। पाँचौँमा तेल उत्पादन तथा प्रशोधन कम्पनी चेभरोनमा बर्कसायर हाथवेको १९.४ बिलियन लगानी रहेको छ। –एजेन्सी