काठमाण्डौ । तेस्ला कम्पनीका सीईओ इलोन मस्कले विश्वका धनाढ्यहरुको सूचीमा आफ्नो पकड बलियो बनाउँदै लगेका छन्।
ब्लुुमबर्गको ताजा आँकडाअनुुसार मस्कले धनाढ्यको सूचीमा सेयरबजारका बादशाह वारेन बफेटलाई उछिनेका छन्। बफेटलाई पछि पार्दै मस्क धनाढ्यको सूचीमा सातौँ स्थानमा उक्लिएका छन्।
तेस्ला कम्पनीको सेयरमूल्यमा १०.८ प्रतिशतको उछाल आउँदै प्रतिकित्ता सेयर १५४४ डलर पुुगेको छ। योसँगै कम्पनीको सम्पत्तिमा शुक्रबार ६ बिलियन डलरको वृद्धि भएको छ।
तेस्ला कम्पनीमा मस्कको २०.८ प्रतिशत स्वामित्व रहेको छ। यसका साथै निजी कम्पनी स्पेस एक्समा पनि उनको हिस्सा रहेको छ।
बफेटले वर्बसायर हाथवेमार्फत करिब ३ बिलियन डलर चन्दास्वरुप खर्च गरेपछि उनको कुुल सम्पत्तिमा गिरावट आएको हो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19