काठमाण्डौ । विश्व सेयर बजारमा धेरैका लागि प्रेरणाका स्रोत बनेका वारेन बफेटले आफ्नो जीवनकालमा धेरै गल्ती गरेका छन्। पक्कै पनि सेयर बादशाहका रुपमा परिचित बफेटको गल्ती पनि सानातिना भने पक्कै छैनन्।
हिजो शनिबार बफेटले आफ्नो कम्पनी बर्कशायर हाथवेका सेयरधनीहरुलाई पत्र लेख्दै आफूले गरेका गल्तीहरुका बारेमा जानकारी गराएका छन्। कतिपय दिग्गजहरु आफ्नो गल्ती सहर्ष स्वीकार गर्छन्। तीमध्ये एक हुन् वारेन बफेट।
बफेटबाट कस्तो गल्ती भयो ?
बर्कशायर हाथवेल सन् २०१६ मा एयरक्राफ्ट तथा इन्डस्ट्रियल पार्ट बनाउने कम्पनी प्रिसिजन कास्टपार्टस कर्पोरेसन अर्थात पीसीसी किनेको थियो। जुन एउटा ठूला गल्ती साबित भयो। बफेटका अनुसार पीसीसी किनदा ठूलो धनराशि खर्च भएको थियो। उनले पत्रमा स्पष्ट लेखेका छन् कि उनीबाट भविष्यमा अझै गल्तीहरु हुनेछन्।
कतिमा किनिएका थियो पीसीसी ?
वारेन बफेटको कम्पनीले पीसीसी ३२.१ अर्ब डलरमा किनेको थियो। गत वर्ष अगस्टमा पसीसीका मूल्य करिब ९.८ अर्ब डलरमा सीमित बनेको छ। कोरोनाका कारण हवाई यात्रामा भारी गिरावट आएका कारण यो कम्पनीले ठूला नोक्सानी व्यहोर्नुपर्यो।
वारेन बफेटले पीसीसीबाट हुन आम्दानीको आँकलन गर्नमा गल्ती भएको छ। जसका कारण पीसीसी किन्दा ठूलो मूल्य चुकाउनुपर्यो।
करिब ४० प्रतिशतलाई जागिरबाट निकालियो
घाटामा गएकै कारण पीसीसीबाट सा्न २०२० मा करिब ४० प्रतिशत अर्थात लगगभ १३ हजार ४०० कर्मचारीलाई जागिरबाट निकालिएको थियो। त्यसो त अहिले कम्पनीले केही मुनाफा आर्जन गरेको छ।
योभन्दा ठूला गल्ती भइसकेका छन्
यस्तो होइन कि वारेन बफेटको जिन्दगीमा पीसीसी किन्ने एउटामात्र गलत निर्णय हो। किनकि योभन्दा अघि पनि उनीबाट अन्य ठूला गल्तीहरु भइसकेका छन्। दुई वर्षअघि पनि बफेटले क्राफ्ट फुड्सलाई अधिक मूल्य दिएर किनेका थिए। जब सन् २०१५ मा बर्कशायर र प्राइभेट इक्विटी फर्म थ्रीजी क्यापिटलले यसलाई एचजी हेइन्ज कम्पनीसँग मर्ज गर्यो र एउटा नयाँ कम्पनी क्राफ्ट हेइन्ज कम्पनी बन्यो।
सन् १९९३ मा भयो जीवन सबैभन्दा ठूलो गल्ती
यसअघि सन् २००८ मा यानुअल लेटरमा वारेन बफेटले आफूले सन् १९९३ मा डेक्टर शु किनेको थियो। जुन उनको जिन्दगीको सबैभन्दा ठूलो खराब डिल थियो। उनले त यतिसम्म भनेकी उनले जुन बिजनेस किने त्यसको कुनै मूल्य नै छैन। उनको यो गल्ती अझ बढी यसकारण थियो किनकि उनले यो डिल क्यासमा गरेका थिएनन्। बरु बर्कशायरको सेयरको प्रयोग गरेका थिए। जसका कारण उनको नोक्सानी अझै अधिक हुन पुग्यो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19