काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र पहिलोपटक आइसीएफसी फाइनान्सले आज(फागुन १३ गते)देखि निश्कासन गरेको छ ।
ऋणपत्रमा छिटोमा फागुन १६ गतेभित्र र ढिलोमा फागुन २७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
यो कम्पनीले निश्कासन गरेको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइने भएका कारण सबैको ध्यान तानिएको छ । सबैलाई आकर्षित गरेको यो कम्पनीको ऋणपत्रलाई धितोपत्र बोर्डले करिब एक महिनाअघि निश्कासनको स्वीकृति दिएको थियो ।
नेपालको इतिहासमै “क” वर्गका वाणिज्य बैंकहरु पश्चात् नेपाल राष्ट्र बैंंकबाट अनुमति प्राप्त गरी डिवेञ्चर निष्कासन गर्ने पहिलो वित्तीय संस्थाको रुपमा आइसीएफसी फाइनान्स लिमिटेडले इतिहास बनाएको छ ।
यो फाइनान्स कम्पनीले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गरेको हो ।
यो कम्पनीको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।
फाइनान्सले रु. १००० दरका कुल २ लाख कित्ता ऋणपत्र निश्कासन गरेको छ । यीमध्ये ८० हजार कित्ता सर्वसाधारणमार्फत बिक्री गरिनेछ भने बाँकी १ लाख २० हजार कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।
सात वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १२ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बताइएको छ ।
अहिले बजारमा ऋणपत्र निश्कासन गर्ने वाणिज्य बैंकहरुले वार्षिक अधिकतम १०.२५ प्रतिशतसम्म ब्याज अफर गरेका छन् । तर, यी सबै विकल्प भन्दा धेरै अर्थात वार्षिक १२ प्रतिशत ब्याज पाइने गरी फाइनान्सले ऋणपत्र निश्कासन गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago