काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरिरहेका छन्।
तिनैमध्ये केही विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।
हालसम्म घोषित लाभांश हेर्दा विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको धेरै देखिएको छ। यो बैंकले कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८.५ प्रतिशत बोनस र ०.९७ प्रतिशत नगद लाभांश छन्।
म्क्तिनाथ विकास बैंकले कुल १८.५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७.५७५ प्रतिशत बोनस र ०.९२५ प्रतिशत नगद लाभांश रहेका छन्।
यसैगरी लुम्बिनी विकास बैंकले १३.७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस र ३.७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
सांग्रिला र शाइन रेसुंगाले पनि १० प्रतिशत बढी नै लाभांश घोषणा गरेका छन्। सांग्रिलाले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।
यस्तै शाइन रेसुंगाले १०.९३ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ।
हालसम्म लाभांश घोषणा गरेकामध्ये कामना सेवा र सांग्रिला डेभपलमेन्ट बैंकको वार्षिक साधारणसभा पनि भइसकेको छ। अन्यको भने हुन बाँकी छ।
नेप्सेमा सूचीकृतमध्ये अझै आधा दर्जनभन्दा बढी विकास बैंकको लाभांश घोषणा हुन बाँकी नै छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19