काठमाण्डौ । विजय लुघवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । 

नवलपरासीको गैंडाकोटस्थित केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गत बिहीबार गरेको हो । 

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त विजय लुघवित्तले करिब ६ वर्षअघि कारोबार थालेको हो । यसका अध्यक्ष कपिल न्यौपाने छन् ।