काठमाण्डौ । विश्व बजारमा  भर्चुअल मुद्रा विटक्वाइनको मूल्यमा अक्टोबर महिनामा उछाल आएको छ ।

सन् २०२२ को मे महिनामा ३४ हजारबाट तल खसेको यो मुद्राको मूल्य करिब डेढ वर्षपछि ३५ हजार नजिक पुगेको छ । यस बर्षको अक्टोबर महिनामा मात्रै विट्क्वाइन प्रतिगोटा ८ हजार डलरले बढेको छ ।

अक्टोबार  महिनाको पहिलो साता प्रतिगोटा  २६ हजार डलरमा कारोबार भएमा विटक्वाइन अन्त्यसम्ममा ३४ हजार माथि कारोबार भएको छ । ३२ हजारको प्रतिरोध ब्रेक गरेमा यो मुद्राले ४२ हजार डलरमा प्रतिरोध सामना गर्न सक्ने छ । त्यहाँबाट पनि माथि गएमा भने ४८ हजार  डलरसम्म उक्लन सक्ने अन्तरराष्ट्रिय विश्लेषकहरुले बताएका छन् । 

विटक्वाइनसँगै सुनलगायत अन्य कमोडिटीको मूल्यमा पनि बढोत्तरी भएको छ  । यसरी सुन तथा विटक्वाइनमा बढोत्तरी आउनुमा रसिया- युक्रेन तथा इजरायल- हमास बीचको युद्ध प्रमुख रहेको बजार विश्लेषकहरुले बताएका छन्। -एजेन्सीको सहयोगमा