काठमाण्डौ। विश्व क्रेडिट रेटिङ एजेन्सी मुडिज इन्भेस्टर्स सर्भिसले भारतको सार्वभौम रेटिङ घटाउँदै रिटेल तथा एसएमई (साना–मध्यम उद्यम) मा लगाइएको ऋण डुब्ने खतरा रहेको औंल्याएको छ।
भारतको सार्वभौम रेटिङ घट्नुका कारणबारे प्रस्ट पार्दै मुडिजले भारतमा वित्तीय व्यवस्थाको जोखिम बढ्दै गएको जनाएको छ। ‘कोरोनाभाइरस महामारी फैलिनुअघि नै भारतका केही क्षेत्र संकटग्रस्त थिए’, मुडिजले भनेको छ, ‘आउने दिनमा सम्पत्ति र दायित्व दुवैमा असर गर्ने र त्यसमा साना तथा मध्यम उद्योगहरुमा बैंकहरुले लगाएको लगभग १०–१५ प्रतिशत ऋण डुब्ने सम्भावना छ। ’
अहिले भारतका निजी विद्युत कम्पनीहरुमा कुल बैंक ऋण ८–१० प्रतिशत रहेको छ। त्यसै अटो भ्याल्यू चेनमा सबैभन्दा बढी ऋण निजी क्षेत्रका बैंकहरुले दिएका छन्।
मुडिजका अनुसार अब रिटेल र एसएमईमा प्रवाह गरिएको ऋणको अवस्था निकै खराब छ। जुन कुल ऋणको ४४ प्रतिशत हुनेछ।
मुडिजका अनुसार कम विकास दर, कमजोर राजकोषीय स्थिति र वित्तीय क्षेत्रमा बढ्दो तनावका कारण भारतमा नीतिनिर्मार्ताहरुमा चुनौती बढ्नेछ। ‘८० प्रतिशतभन्दा बढी रेटेड गैरवित्तीय कम्पनीहरुको परिदृश्य या त नकारात्क हुन्छ वा उनीहरुको रेटिङ घट्ने खतरा हुन्छ।’ – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago