काठमाण्डौ । पछिल्लो समय वित्तीय पहुँच बढ्दै गइरहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न तथ्यांकहरुले पछिल्लो समय वित्तीय पहुँच बढ्दै गएको देखिएको हो। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल शाखा सञ्जाल ६ हजार ४२० पुुगेका छन्। चालुु आर्थिक वर्षको साउन मसान्तसम्म वाणिज्य बैंकले ५ हजार ३१, विकास बैंकले १ हजार १२० र फाइनान्स कम्पनीले २६९ शाखा खोलेका हुुन्। 

यस्तै बैंक तथा वित्तीय संस्थामा कुल ४ करोड ५६ लाख ५ हजार ९९९ निक्षेप खाता रहेकोमा असारमा यस्तो खाताको संख्या ४ करोड ४९ लाख ७१ हजार ९६९ रहेको थियो। राष्ट्र बैंकका अनुुसार साउनमा वाणिज्य बैंकमा ३ करोड ९४ लाख १३ हजार २२६, विकास बैंकमा ५५ लाख ३६ हजार ७९५ र वित्त कम्पनीमा ६ लाख ५५ हजार ९७८ निक्षेप खाताहरु छन्।

यस्तै साउनसम्म आइपुुग्दा बैंक तथा वित्तीय संस्थामा कुुल १८ लाख ३१ हजार ७०८ वटा कर्जा खाता रहेका छन्। जसमा वाणिज्य बैंकमा १४ लाख ९७ हजार ७६४, विकास बैंकमा २ लाख ९२ हजार ४३१ र वित्त कम्पनीमा ४१ हजार ५१३ कर्जा खाता रहेको केन्द्रीय बैंकको भनाइ छ। असारमा यस्तो खाताको कुुल संख्या १८ लाख २९ हजार ४४ रहेको थियो। 

त्यसैगरी पछिल्लो समय मोबाइल बैंकिङका ग्राहकको संख्या पनि वृद्धि भएको राष्ट्र बैंकले उल्लेख गरेको छ। तथ्यांकअनुुसार साउन मसान्तसम्ममा मोबाइल बैंकिङका प्रयोगकर्ता बढेर कुल १ करोड ८६ लाख ४३ हजार ८३४ पुुगेको छ। जसमा ‘क’ वर्गमा बैंकहरुमा मात्रै १ करोड ६३ लाख ४६ हजार ३९६, ख वर्गमा बैंकमा २१ लाख ९१ हजार १५ र ‘ग’ वर्गमा कम्पनीमा १ लाख ६ हजार ४२३ जना मोबाइल बैंकिङका प्रयोगकर्ता रहेका छन्।

इन्टरनेट बैंकिङका प्रयोगकर्ता पनि उत्तिकै बढेको पाइएको छ। राष्ट्र बैंकका अनुुसार साउन मसान्तसम्मा इन्टरनेट बैंकिङका प्रयोगकर्ता बढेर १७ लाख ६ हजार ६९ रहेका छन्। वाणिज्य बैंकमा १२ लाख ९३ हजार ६६३, विकास बैंकमा ४ लाख २ हजार ७० र वित्त कम्पनीमा १० हजार ४९८ रहेका छन्। 

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाका देशभर कुल ४ हजार ६०२ एटीएमको संख्या रहेकोमा साउनमा आउँदा बढेर एटीएम मेसिनको कुल संख्या ४ हजार ६३६ पुुगेको छ। राष्ट्र बैंकका अनुुसार साउन मसान्तसम्ममा डेबिट कार्डको कुुल संख्या १ करोड १० लाख ८० हजार ९५० रहेको छ। जसमा वाणिज्य बैंकमा १ करोड ४ लाख ८० हजार ८७१, विकास बैंकमा ५ लाख ५५ हजार २७९ र वित्त कम्पनीमा ४४ हजार ८०० रहेको छ। 

यस्तै क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन्। असार मसान्तमा २ लाख ३८ हजार ७९४ वटा क्रेडिट कार्ड जारी भएकोमा साउन मसान्तसम्म आइपुुग्दा २ लाख ५० हजार ६१८ क्रेडिट कार्ड जारी भएका छन्। राष्ट्र बैंकले साउनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट कुुल १ लाख ८ हजार १९७ प्रिपड कार्ड जारी भएको जनाएको छ। जुुन असारमा १ लाख ५ हजार १२१ रहेको थियो।

राष्ट्र बैंकका अनुुसार असार मसान्तसम्ममा वाणिज्य बैंकमा शाखा ७५२ स्थानीय तहमा पुुगिसकेका छन्। साउनसम्ममा शाखारहित बैंकिङ केन्द्रहरुको संख्या १ हजार ५०३ रहेकोमा ग्राहकको संख्या भने २ लाख ९१ हजार ३१९ छ।