काठमाण्डौ । नेपाल बैंकर्स संघ तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस बीच वित्तीय साक्षरता वृद्धिका लागि विशेष अभियान चलाउने विषयमा सम्झौता भएको छ । 

सो सम्झौतापत्रमा संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र धिमिरेले हस्ताक्षर गरे ।

सम्झौताले दुवै संस्थाबीच वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामीण भेगमा अगाडि बढाउन सहयोग मिल्नुका साथै आगामी दिनहरुमा यसले वित्तीय साक्षरता तथा बैंकिङ्ग प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले वाणिज्य बैंकहरुसँगको सहकार्यमा ग्रामिण क्षेत्रमा गई वित्तीय साक्षरता बढाउनुका साथै बैंकिङ्ग कारोवारका लागि उत्प्रेरित गर्नेछन् । 

यस अभियानले नेपाल सरकारले ल्याएको “खोलौं बैंक खाता अभियान”लाई समेत ठूलो मद्दत गर्ने अपेक्षा राखिएको छ ।