काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले वित्त वर्ष २०२२–२३ का लागि आज बजेट पेस गर्दै छिन्।

वित्तमन्त्री सीतारमण आज ११ बजे भारतको लोकसभामा पेस पेस गर्ने छिन्। बजेट पेस गर्न सीतारमण वित्त मन्त्रालयबाट लोकसभा भवन जाँदैछिन्।

सीतारमणले यसपटक पनि पेपरलेस बजेट प्रस्तुत गर्ने भएकी छन् । यसअघि वित्तमन्त्रीले बजेटका कागजातको ब्रिफकेस ल्याउँथे । तर, वित्तमन्त्री सीतारमणले २०१९ मा बजेट कागजात फाइलमा ल्याइन्। त्यो फाइलमा राष्ट्रिय प्रतीक छापिएको थियो। यसलाई लेजर खाता भनिन्थ्यो। 

सन् २०२० मा निर्मला सीतारमणले ट्याब्लेटबाट बजेट भाषण पढेकी थिइन्। सन् २०१८ मा आन्ध्र प्रदेश र असममा यो परम्परा सुरु भए पनि केन्द्रमा प्रविधिलाई महत्व दिँदै पेपरलेस बजेट २०२० मा नै सुरु भयो।

आज चौथोपटक सीतारमणले बजेट पेस गर्दैछिन्।