काठमाण्डौ । विश्वभर मोबाइल फोनको बजार तीव्रगतिमा अगाडि बढिरहेको छ। नयाँ फोनसँगै अब पुराना अर्थात् सेकेन्ड ह्यान्ड फोनको पनि ठूलो बजार छ। जसरी नयाँ फोन लन्च भइरहेका छन्। मानिसहरु पुराना फोन बेचिरहेका छन्। यस्तो अवस्थामा मानिसहरुले अहिले राम्रा पुराना मोबाइल सस्तो दरमा पाउन थालेका छन्।
भारतमा अहिले पुराना स्मार्टफोन मर्मत गर्ने र बेच्ने व्यवसाय तीव्रगतिमा बढिरहेको छ। यो द्रुत गतिमा बढिरहेको बजारलाई देखेर दिल्लीनिवासी नीरज चोपडाले स्टार्टअप जोबक्स सुरु गरे। उनले सन् २०२० मा सुरु गरेका थिए।
यो स्टार्टअपले पुराना मोबाइल फोन मर्मत गर्छ र पुनः प्रयोगयोग्य बनाउँछ। त्यसपछि ती मोबाइललाई बिक्रीका लागि भरतका विभिन्न खुद्रा बिक्रेतालाई पठाउँछ। ती मोबाइल नयाँ मोबाइलको तुलनामा ४०–४५ प्रतिशत सस्ता हुन्छन्।
आज नीरज करोडौंँको कम्पनीका मालिक छन्। नीरजको व्यापार निरन्तर बढिरहेको छ। तर, उनको यात्रा सहज थिएन। नीरजले पनि सुरुमा निकै कठिनाइको सामना गर्नुपरेको थियो। तर, उनले हार मानिनन्।
कसरी सुरु भयो ?
नीरज आफ्नो पढाइ पूरा गरेपछि सन् २००० मा १९ वर्षको उमेरमा हङकङ गएका थिए। नीरजले त्यहाँ व्यापार सुरु गरे। उनी हङकङबाट भारतमा इलेक्ट्रोनिक्स सामान पठाउने गर्थे। नीरजले यस व्यवसायमा करिब १२ वर्षको बलियो अनुभव हासिल गरे।
यसैबीच सन् २०१२ मा नीरज अचानक भारत फर्किनुपरेको थियो। उनले अहिलेसम्म मोबाइल सेग्मेन्टमा धेरै काम गरिसकेका थिए र चिनियाँ बजारको बुझाइ थियो। यसपछि नीरजले पुराना मोबाइल मर्मत गरी बिक्री गर्ने व्यवसाय सुरु गरे।
कठिनाइहरुको सामना
नीरजले ब्रान्ड सुरु गर्ने सोचिरहेकै बेला कोरोना महामारी र लकडाउनको सामना गर्नुपर्यो। डिसेम्बर २०२० मा नीरज जोबक्स रिटेल प्रालिमा सामेल भए। यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। नीरजको व्यापार द्रुतगतिमा बढ्न थाल्यो। एक समय थियो जब उनी दिनमा १०० वटा मोबाइलमात्र बेच्न सक्थे। तर, आज उनी दैनिक २० हजारदेखि २५ हजारसम्म मोबाइल बिक्री गर्छन्।
नीरजले दिल्लीको करोलबागमा पुराना मोबाइल मर्मत गर्न रिफर्बिसमेन्ट युनिट स्थापना गरेका छन्। नीरजको कम्पनीले ई–कमर्स कम्पनीहरुबाट पुराना मोबाइल खरिद गर्छ र तिनलाई मर्मत गरेर नयाँ लुक दिन्छ। यसपछि ती मोबाइल अनबोर्ड भेन्डर्सको सहयोगमा बेचिन्छन्।
कारोबार करोडमा
आज नीरजको कम्पनीको कारोबार करिब ५० करोड रुपैयाँ रहेको छ। उनले आफ्नो व्यवसायलाई तीव्रगतिमा विस्तार गरिरहेका छन्। जसरी हरेक दिन कम्पनीका नयाँ–नयाँ फोन बजारमा ल्याइरहेका छन्। नयाँ फोन किन्नका लागि मानिसहरु पुराना फोन पनि बेच्न थालेका छन्। योसँगै पुराना मोबाइलको बजार पनि तीव्रगतिमा बढिरहेको छ। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago