काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी वापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारमा रहेका बर्दघाट नपा–३, नवलपरासी स्थायी ठेगाना भएका तारा बहादुर कुमालको रोजगारको क्रममा विदेशमा मृत्यु भएको सम्पूर्ण विवरणहरु सहित कम्पनीमा दावी परेपछि उक्त रकम भुक्तानी गरेको कम्पनीले बताएको छ।
विदेश जाने क्रममा सन नेपाल लाइफमा वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेको कारण उनको परिवारले सन नेपाल लाइफबाट मृत्यु दावी भुक्तानी वापत उक्त रकम प्राप्त गरेको छ । कम्पनीबाट उक्त रकम पाएपछि जीवन निर्वाह गर्न केही सहज हुने कुरा विमितकी श्रीमती संगीता कुमालले बताइन् ।
उक्त अवसरमा प्रवन्धक सन्तोष कुँवर क्षेत्रीले जीवन बीमा मानिसको जीवनको सुख र दुःख दुवैको सहारा हुनुका साथै आर्थिक रुपमा सुरक्षित गराउने भरपर्दो माध्यम भएको हुँदा बीमा सबैको लागि अत्यावश्यक रहेकोे बताए ।
दावी भुक्तानी कार्यक्रममा बुटवल शाखा प्रवन्धक सन्तोष कुँवर क्षेत्रीलगायत कम्पनीका कर्मचारी, अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19