काठमाण्डौ । क्यानाडामा घर किन्ने योजनामा रहेका विदेशी नागरिकलाई झट्का लागेको छ।
क्यानडा सरकारले देशमा रहेका विदेशीलाई आवासीय घर बेच्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध जनवरी १ गतेदेखि लागू भएको छ।
क्यानडामा कोरोना महामारी सुरु भएदेखि नै घरको मूल्य बढेपछि यो कदम चालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि यो नयाँ प्रतिबन्ध क्यानाडामा स्थायी रुपमा बस्ने आप्रवासी र विदेशीलाई लागू हुने छैन।
रिपोर्टका अनुसार क्यानडामा सम्पत्ति खरिद गर्न विदेशीलाई लगाइएको प्रतिबन्ध २ वर्षसम्म लागू हुनेछ। यो प्रतिबन्ध क्यानाडा सरकारको बजेट प्रस्तावहरुको एउटा हिस्सा हा।, जसको उद्देश्य स्थानीय बासिन्दाले सस्तो मूल्यमा घर पाउन सक्नेछन्।
विगत केही वर्षदेखि विदेशी नागरिकले क्यानडामा घरमा लगातार लगानी गर्दै आएकाले स्वदेशमा घरको भाउ आकासिएको र स्थानीय नागरिकलाई घर किन्न मुस्किल परेको क्यानडा सरकारको भनाइ छ।
क्यानेडियन रियल इस्टेट एसोसिएसनका अनुसार फेब्रुअरी २०२२ मा क्यानाडामा घरहरुको औसत मूल्य ८ लाख क्यानेडियन डलरभन्दा माथि रहेको थियो। बैंक अफ क्यानडाले लगातार ब्याजदर बढाउँदै आएपछि क्यानडामा घरको भाउ आकासिएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19