काठमाण्डौ । बहुपक्षीय कर्जादार्ता निकाय विश्व बैंकले विद्यमान द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रलाई थप नोक्सान पुर्‍याउन सक्ने  बताएको छ ।

विश्व बैंकका अध्यक्ष अजय बंगाले बुधबार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै इजरायल गाजा युद्धले विश्व अर्थतन्त्रमा थप असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले साउदी अरबद्वारा आयोजितअन्तरराष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै  उनले जारी युद्धले विश्वव्यापी अर्थव्यवस्था र यसको विकासमा गम्भिर झट्का दिनसक्ने बताएका छन् ।बंगाले विश्वमा धेरै कुरा भइरहेको र हालै इजरायल र गाजाबाट भूराजनीति पनि प्रभावित भएको बताए ।

उनले भने, ‘मलाई लाग्छ यसले आर्थिक वृद्धिमा गम्भीर प्रभाव पार्नेछ।’ उनले भूराजनीतिक तनाव विश्व अर्थतन्त्रका लागि सबैभन्दा ठूलो खतरा भएको पनि बताए ।

यस्ता कुराले तीव्र गतिमा आर्थिक जोखिम बढाउने भएकाले बेवास्ता गर्न नहुने उनको भनाइ थियो ।

बिभिन्न कारणले विश्व अर्थतन्त्र पहिल्यै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बेलामा भएको इजरायल गाजा युद्दले विश्वव्यापी आर्थिक अवस्थालाई थप अप्ठ्यारो बनाएको भन्दै उनले भने, ‘मलाई लाग्छ हामी धेरै खतरनाक मोडमा छौं ।’ -एजेन्सी