काठमाण्डौ । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ। विभिन्न विद्युतीय उपकरणका माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेकाले देहायका विषयमा विशेष ध्यान दिन नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रयोगकर्तामा आग्रह गरेको छ।
सम्भावित जोखिमबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन केन्द्रीय बैंक निम्नलिखित ७ बुँदे सुझाव दिएको छ।
१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यस प्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ।
२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन। मोबाइल तथा अन्य डिभाइस एवं एपीपीका पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्नुपर्दछ। यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ।
३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेरमात्र रकम पठाउनु पर्दछ।
४. अनावश्यक तथा अनधिकृत एपीपी आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहँुदैन। यसरी अनधिकृत ब्एए डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरु आपराधिक समूहले पत्ता लगाउन सक्छन्।
५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपीपीको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शंकास्पद रुपमा लिनुपर्दछ। रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक छैन।
६. कुनै पनि वेबसाइटमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्दछ। कुनै पनि वेबसाइटको ठेगाना "https://" बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना "https://" बाट सुरु भए नभएको यकिन गर्नुपर्दछ।
७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शंका लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19