काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकलाई अन्तरआबद्धता सेवा लागू गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँचसम्बन्धी व्यवस्था लागू गर्दै एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायकलाई भुक्तानी गर्न सक्ने गरी प्रणाली बनाउन निर्देशन दिएको हो। यो निर्देशनसँगै अब एउटा कम्पनीको वालेटबाट अर्को कम्पनीको वालेटमा पैसा पठाउन सकिनेछ । यसअघि यस्तो व्यवस्था अनिवार्य गरिएको थिएन।
यसैगरी बैंकले यो व्यवस्था क्यूआरमा लागू गरिएको छ। यो निर्देशन राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरुबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा, जस्तै– मोबाइल बैंकिङ, मोबाइल वालेट र क्यूआर कोडमा लागू हुने राष्ट्र बैंकले जनाएको छ।
यस्तै साना मूल्यका भुक्तानी प्रणालीमा आबद्ध अन्य सहभागी संस्थामा यो व्यवस्था लागू हुनेछ। त्यस्तै राष्ट्र बैंकले समयसमयमा साना मूल्यका भुक्तानी प्रणालीअन्तर्गत पर्ने गरी परिभाषित गरेका कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा पनि लागू हुनेछ।
यसका लागि राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्थाले अन्तरआबद्ध कायम गर्दा आपसमा सम्झौता गर्न सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19