काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा प्रि-ओपन सेसनदेखि नै सेयर कारोबार प्रभावित भएको छ ।

बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएको बताइएको छ ।

बिजुली अनियमित भएकारण  प्रि ओपन सेसनमा कारोबार हुन नसकेको हो ।

यसैगरी, नियमित सत्रमा पनि कारोबार सुरु भएको छैन । नेप्सेले यस बारे सूचना प्रकाशित गर्दै प्राविधिक गडबडीका कारण केहि समय बजार प्रभावित भएको जनाएको छ ।

नेप्सेको सूचनामा भनिएको छ, ‘प्राविधिक समस्याका कारण आज मिति २०८०।०८।१३ गते प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमाप्रार्थी छ। केहि समयपछि बजार खुल्ने पनि उसले बताएको छ । 

हेर्नुहोस नेप्सेको सूचना :