काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले २ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

पहिलो त्रैमासमा कम्पनीले १ करोड १० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ करोड ९८ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट आम्दानी गर्न सकेको छैन। कम्पनीको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गतेको बाढीले पूर्ण रुपमा क्षति पुर्याएको छ। सोही कारण विद्युत उत्पादन ठप्प हुँदा कम्पनीको आम्दानी नभएर घाटा व्यहोर्नुपरेको हो। 

अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ। 

चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ४८ लाख ९२ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा १ करोड ४९ लाख रुपैयाँ थियो। 

कम्पनीको ईपीएस १५.६६ रुपैयाँले ऋणात्मक र प्रतिसेयर नेटवर्थ १४६.५५ रुपैयाँ रहेको छ।