काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद घाटा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई ३ करोड २ लाख रुपैयाँ घाटा भएको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १६४.१२ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट ६८ लाख २६ हजार रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको प्रशासनिक खर्च सामान्य बढेर ३९ लाख ८ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा यस्तो खर्च ३८ लाख ६९ हजार रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष रिजर्भमा २ करोड ५२ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३.९४ रुपैयाँले ऋणात्मक रहेको छ। मूल्य आम्दानी अनुपात ८७.२८ गुणा रहेको ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८७.७३ रुपैयाँ रहेको छ।

अन्तिम कारोबार मूल्यअनुसार धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयभाउ प्रतिकित्ता ३८८ रुपैयाँ रहेको छ।