काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा कम्पनीले ७० लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा कम्पनीलाई २ करोड १२ लाख रुपैयाँ खुद घाटा भएको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५६.६० प्रतिशतले बढेर ४ करोड ५७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ९१ लाख रुपैयाँ विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। 

चुक्तापुँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिटेन्ड अर्निङ ५८ करोड ४२ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.५१ रुपैयाँ रहेको छ। गत वर्ष ईपीएस ४.५७ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो २०८.९८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९०.७६ रुपैयाँ रहेको छ।