काठमाण्डौ । कोरोना भाइरस(कोभिड १९)को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ ।
लकडाउन अवधिभर उद्योगधन्दा, व्यापार व्यवसाय, बजार सबै ठप्प छन् । नागरिकहरु घर–घरमै बसेर कोरोनाविरुद्धको यो लडाईमा सरकारले चालेका कदम नियालिरहेका छन् ।
विभिन्न पेशा र व्यवसायमा आबद्धहरुमध्ये अधिकांश यो अवधिमा घरमै आफ्नो परिवारसँग दिन बिताइरहेका छन् । तर, चिकित्सक र स्वास्थ्यकर्मी भने यो लडाईको अग्रपंक्तिमा लडाकू बनेर खटिइरहेका छन् ।
व्यक्तिगत सुरक्षा उपकरण(पीपीई)बिना नै कतिपय स्वास्थ्यकर्मी यो लडाई लडिरहेका बेला देशमा कतिपय व्यक्ति तथा संस्था यस्ता पनि देखिए, जसले यो अवधिमा आफ्नो स्वास्थ्य र ज्यानको समेत परवाह नगरी देश र नागरिकलाई बचाउने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने काम गरे ।
हतियारबिना लडाईमा होमिएको विवश र निरश लडाकू झै पीपीईबिना नै कोरोनाविरुद्धको लडाई लडिरहेकाहरुको उत्साह बढाउने मामलामा त्यस्ता केही व्यक्ति र संस्थाको भूमिका उदाहरणीय देखियो ।
सरकारले समेत स्वास्थ्यकर्मीका लागि अत्यावश्यक हतियार मानिएको पीपीई पर्याप्त मात्रामा उपलब्ध गराउन सकेन । यस्ता सामाग्री खरीदका विभिन्न लफडाका कारण स्वास्थ्यकर्मीहरुको मनोबल गिर्दो थियो । तर, त्यही बेला मनोबललाई उकास्ने काममा सनराइज बैंकको भूमिका देशमै उदाहरणीय देखियो ।
कोरोनाविरुद्धको लडाईमा हतियार(पीपीई) नपाएर छटपटिरहेका ती लडाकू(स्वास्थ्यकर्मी)हरुलाई सनराइज बैंकले पीपीई दियो । सरकारले समेत राम्रोसँग व्यवस्थापन गर्न नसकेको पीपीई एउटा बैंकले उपलब्ध गराउँदा उपचारमा खटिएकाहरुको मनोबल मात्र बढेन, स्वयम् बैंकप्रति समाज र नागरिकहरुले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको देखियो ।
विपदको बेला नै मानिस वा संघ संस्थालाई चिनिने हो । यहीबेला आफूहरुको ध्यान नाफा कमाउनमा मात्रै छैन, सामाजिक उत्तरदायीत्वको समेत राम्रो बोध छ भन्ने उदाहरण सनराइज बैंक र त्यसको नेतृत्व गरिरहेका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले दिए ।
लकडाउनपछिका सुरुवाती दिनहरुमा उनको दैनिकी आधा समय बैंक र आधा समय हस्पिटलहरुमै बित्यो । बिहान १० बजे कार्यालय पुग्ने र सीमित कर्मचारीहरुको साथले न्यूनतम बैंकिङ सेवालाई चुस्तदुरुस्त ढंगले संचालन गर्नका लागि राम्रो व्यवस्थापनको कामसँगै उनले विभिन्न अस्पतालमा सानो टिमसहित आफैं फिल्डमा उत्रिएर पीपीई वितरण गरे ।
सनराइज बैंक लिमीटेड, यसलाई नेतृत्व दिइरहेका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र उनलाई साथ दिइरहेको टिमको सक्रियता यो बीचमा लोभलाग्दो देखियो ।
देशका अधिकांश बैंकका सीइओहरु कोरोना संक्रमण हुने डरले बाहिर ननिस्किरहेका बेला सनराइज बैंकका सीइओ जनक शर्मा पौड्याल चाहि आफ्नो टिमलाई साथमै लिएर यो बीचमा दैनिकजसो स्वास्थ्यकर्मीहरुलाई उत्साहित बनाउँदै अस्पतालका ढोका चाहर्दै हिँडे । सकेसम्म र भ्याएसम्म दैनिकजसो अस्पतालका स्वास्थ्यकर्मीहरुलाई उत्साहित गराउने उद्देश्यले पीपीई वितरण गरिरहे ।
बैंकर जनक शर्मा पौड्यालको यो सक्रियतालाई बैंकको संचालक समितिले पनि साथ दियो । बैंककी डिजिएम आरती राणा, सिएसआर तथा मिडिया रिलेसन प्रमुख रविन्द्र ढकाल, सुमन थापा लगायतले समेत रातदिन साथ दिएपछि जनक शर्मा पौड्यालले संकटको बेला समेत बैंकहरुले राम्रो र उदाहरणीय काम गर्न सक्छन् र बैंकहरुको काम पैसा कमाउने मात्र नभई संकटको बेला देश र समाजलाई साथ दिने पनि हो भन्ने कुरा प्रमाणित गरिदिए ।
लकडाउनको घोषणापछि सुरुवाती केही दिनमा त सनराइज बैंकको टिम बिहानैदेखि सामाजिक उत्तरदायीत्व निर्वाहमै केन्द्रीत देखियो । विभिन्न ठाउँका अस्पतालमा आफैं पुग्दै पीपीई हस्तान्तरण गरिरहेको दृश्यले अनलाइन पोर्टलका पेजहरु रंगिए ।
सनराइज बैंकले कोरोना संक्रमणको उपचार हुने अस्पतालहरुलाई प्राथमिकतामा राखेर पीपीई वितरण गरेको थियो । सो क्रममा नेपाल पुलिस हस्पिटल, टेकू अस्पताल, वीर अस्पताल, वीपी स्मृति हस्पिटल, पाटन अस्पताल, नेपाल आर्मी, भक्तपुर क्यान्सर अस्पताल, नेपाल आँखा अस्पताल, तिलगंगा हस्पिटल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका उपत्यकाभित्र र बाहिरका दर्जनौ अस्पताललाई पीपीई उपलब्ध गरायो ।
यो अवधिमा बैंकले विभिन्न सातैवटा प्रदेशहरुलाई समेत पीपीई उपलब्ध गरायो भने जनक शर्माको यो सक्रियतालाई पछ्याउँदै मोफसलका शाखाहरुले समेत सामाजिक उत्तरदायीत्व निर्वाह गरे । उनीहरुले विभिन्न स्थानीय निकायका अस्पतालहरुमा समेत पीपीई वितरण गरे ।
बैंकले यो अवधिमा पीपीईमा मात्र होइन, अन्य थुप्रै स्वास्थ्य सामाग्री पनि वितरणको कार्य गर्यो । योसँगै भोकाएका र अभावमा गुज्रिरहेकाहरुलाई समेत बैंकले खाद्यान्न लगायतको सहयोगको कार्यलाई जारी राख्यो ।
अरु धेरै बैंकका सीइओहरु चुपचाप घर वा कार्यालयमै सीमित हुँदा सनराइज बैंकलाई चाहि यति साह्रो तातो किन लाग्यो त ? बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको भनाईमा विषम परिस्थितिमा पनि देश र नागरिकको ज्यान जोगाउन सक्रिय स्वास्थ्यकर्मीहरुको मनोवल उकास्नका लागि पीपीई लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
‘नभई नहुने कुरा भनेको पीपीइ थियो । विरामीलाई हेर्नुअघि डाक्टर र अस्पतालका अन्य कर्मचारी सुरक्षित हुन जरुरी छ।’ पौड्याल भन्छन्–‘त्यही भएर हामीले संस्थागत सामाजिक उत्तरदायित्व बोध गर्दै यस्ता अत्यावश्यक सामाग्री वितरणमा ध्यान केन्द्रीत गरेका हौं।’
पौड्यालका अनुसार संकटको बेला जिम्मेवार नागरिकले हात बाँधेर बस्नु हुँदैन । यस्तो बेलामा सरकारलाई कसरी सहयोग गर्न सकिन्छ, कोरोनाविरुद्धको लडाई लडिरहेकाहरुलाई कसरी उत्साहित बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत हुन आवश्यक छ । ‘बैङ्किङबाहेक पनि हाम्रा संस्थागत सामाजिक उत्तरदायित्वहरु छन् । त्यसैले हामी सामाजिक कार्यमा धेरथोर योगदान गर्नतर्फ लागेका हौ ।’ पौड्याल भन्छन्–‘हामी समाजका हिस्सा हौं, त्यसैले विपदको समयमा अग्रसरता देखाउन सक्नुपर्छ । राज्यको काम हो भन्दै निस्क्रिय हुनु जिम्मेवार नागरिकलाई सुहाउन्न ।’
बैंकका डिजिएम आरती राणाले सरकारले समेत पर्याप्त मात्रामा पीपीई उपलब्ध गराउन नसकिरहेको बेलामा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व बोध गर्दै अभावलाई टार्न पीपीई वितरणको अभियान नै चलाएको बताइन् । ‘स्वास्थ्यकर्मीहरु बिरामीको उपचार गर्न पनि डराइरहेको अवस्था थियो । त्रासमा हुनुहुन्थ्यो उहाँहरु ।’ राणा भन्छिन्–‘त्यही बेला हामीले उहाँहरुको मनोबल उकास्ने उद्देश्यले सकेसम्म पीपीई वितरण गर्ने काम गरेका हौ । हाम्रो यो कार्यले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित महसुस गराउने काम भएको प्रतिक्रिया पाएका छौ ।’
उनका अनुसार बैंकको यो सहयोग काठमाण्डौमा मात्र केन्द्रीत भएन, सातै प्रदेशका दूरदराजका अस्पतालसम्म पुग्यो । ‘बैंक नाफा कमाउने संस्था हो भन्दैमा नाफा बढाउनैमा मात्र हरेक परिस्थितिमा ध्यान केन्द्रीत गर्नु हुँदैन ।’ राणा भन्छिन्–‘संकटको बेला समाज र नागरिकहरुलाई मद्धत गर्नुपर्छ । यस्तो बेलामा चूप लागेर बस्नुहुन्न ।’
बैंकले चरम अभाव भइरहेको बेला पीपीई वितरणका लागि चलाएको अभियानका कारण उसको सामाजिक प्रतिष्ठा समेत बढेको र यो कार्यबाट बैंकको बोर्ड, व्यवस्थापन र कर्मचारीलाई समेत आत्मासन्तुष्टि मिलेको राणा बताउँछिन । ‘संकटका बेला लिइने यस्ता इनिसिएसनहरुले आफ्नै कर्मचारीको मनोबल समेत उकास्ने रहेछ ।’–उनले थपिन् ।
सरकारले समेत उपलब्ध गराउन नसकेको बेला पीपीई पाउँदा स्वास्थ्यकर्मीहरु पनि खुशी बनेका आफूहरुले पाएको राणा बताउँछिन् । ‘युद्धमा होमिएको लडाकूले हतियार पाउँदा कति खुशी हुन्छ होला ?’ राणा भन्छिन्–‘हाम्रो सानो सहयोगले स्वास्थ्यकर्मीको मुहारमा समेत त्यही खुशी देख्यौं ।’
उनले आगामी दिनमा समेत बैंकले सहयोगको क्रमलाई निरन्तरता दिने र कोभिड १९ विरुद्धको लडाईमा धेरै अभाव हुने सामाग्री वितरण कार्य जारी राख्ने बताइन् ।
बैंकको सिएसआर तथा मिडिया रिलेसन प्रमुख रविन्द्र ढकाल अभावको बेला पीपीई र अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री बाँड्दा समाज र विभिन्न क्षेत्रबाट राम्रो प्रतिक्रिया आएकोमा खुशी छन् ।
‘बजारबाट निकै राम्रो प्रतिक्रिया आएको छ ।’ सीइओ शर्मालाई अनवरत साथ दिएका ढकालले बिजशालासँग भने–‘हामी जिम्मेवार नागरिक भएको हिसाबले संस्थागत सामाजिक उत्तरदायीत्व नै छाडेर घरमै बसिरहन सक्दैनौ । देश नै समस्यामा परेको बेला र कोरोनाविरुद्धको उपचारमा खटिनेहरुका लागि चाहिने पीपीई नै नभइरहेको बेला स्वास्थ्यकर्मीहरुले कसरी उपचार गर्न सक्नुहुन्थ्यो ? चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल नै गिरेको अवस्थामा उहाँहरुबाट कसरी उपचार संभव हुन्छ ? यही विषयलाई बुझेर हामीले हाम्रो अभियानलाई केन्द्रीत गरेका हौ ।’
ढकालको भनाईमा यस्तो विपतको बेला नगद सहयोगले मात्र पुग्दैन । सरकारसँग पैसा भए पनि अत्यावश्यक स्वास्थ्य सामाग्री नै खरीद गरेर ल्याउन नसकिरहेको बेला तिनै सामाग्री सहयोग गर्नुको महत्व बेग्लै हुने उनले अनुभव गरेका रहेछन् । ‘त्यतिबेला स्वास्थ्यकर्मीहरुलाई पैसा होइन, पीपीई चाहिएको थियो, हामीले त्यही काम गर्यौं ।’– उनले थपे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago