civil bank limited
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकले तोकेबमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी बनाउन विवेक अटोमोवाईल्स प्रालिसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोवाईल्स प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे ।
नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीका लागि उपयुक्त साधनको रुपमा तीनपांग्रे सवारी साधनलाई लिईन्छ, जुन सानो पूँजीको लगानीबाटै शुरुवात गर्न सकिन्छ । यस सम्झौता अनुरुप बैंकले विपन्न वर्ग कर्जा कार्यक्रमअन्तर्गत ईटालियन ब्राण्डको तीनपांग्रे सवारी साधान “पियाजो”लाई सरल तथा छरितो तवरले ७० प्रतिशतसम्म लगानी गर्नेछ ।
यो सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारीको सिर्जना गर्न सहज बाटो बनाईदिने बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए ।
बैंकले यसअघि पनि आफ्नो ५९ शाखा तथा ९ शाखा रहित बैंकिङमार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago