काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले विराटनगर महानगरपालिका वडा नं. ७, मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ । 

बैशाख २६ गते बुधबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले सो शाखा कार्यालयको समुद्घाटन गरेका हुन् ।

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि खड्काले मुक्तिनाथ विकास बैंकले पूर्वाञ्चलमा शाखा विस्तार गरेकोमा हर्षित महसुस भएको जानकारी गराए । बैंकले नेपाल राज्यभर ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा विशेष अतिथि एवं बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली)ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएकोले सम्पूर्ण नगरवासीलाई बैंकसंग आवद्ध हुन आह्वान गरे ।

कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष शिव रिजाल तथा लायन्स डिष्ट्रीक्ट ३२५ए१ का गभर्नर लिला ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।