काठमाण्डौ । कुनै पनि कम्पनीका संस्थापक प्रायः आफ्नो संस्था छाड्दैनन् । एकपटक कम्पनी सुरु गरेपछि त्यसलाई उचाइमा पुर्याएर आजीवन त्यसमा लाग्छन् ।

कारोबार जगतमा केही यस्ता उदाहरण पनि छन् जसले आफूले कम्पनीको सुरुआत गरे अनि एउटा उचाइमा पुगेपछि नयाँ पिँढीलाई जिम्मा लगाएर आफू बाहिरिए । आउनुहोस् केही त्यस्ता आठजना दिग्गज कारोबारीका बारेमा जानौँ–

बोर्डमा भएको विवाद कारण सन् १९८५ मा एप्पल कम्पनीका सहसंस्थापक स्टिब जब्सलाई कम्पनीको सीईओ पदबाट हटाइदिएको थियो । उनले अर्को नेक्स्ट नामक कम्पनी सुरु गरे । यो कम्पनीलाई सन् १९९७ मा पुनः एप्पल कम्पनीले किनेपछि स्टिब पुनः सीईओ पदमा फर्किए ।

गत साता आफ्नो ५५ औँ जन्म दिनमा चीनका दिग्गज ई–कमर्श कम्पनी अलीबाबरका फाउन्डर एवं एक्जिक्युटिभ चेयरम्यान ज्याक माले आफ्नो पदबाट राजीनामा दिए । दुई दशकअघि उनले यो कम्पनीको स्थापना गरेका थिए । उनले परोपकारी काम र शिक्षामा योगदान दिनका लागि आफूले राजीनामा दिएको बताएका छन् । 

विश्वको अर्को ठूलो कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले पनि कम्पनीको सीईओ पदबाट राजीनामा दिए । राजीनामा दिँदा उनी केबल ४४ वर्षका थिए । उनले कम्पनीको कमान आफ्ना विश्वस्त पात्र स्टिभ बालमेरलाई दिए । राजीनामा दिएको १४ वर्षपछि बिल गेट्सले कम्पनीको बोर्ड अध्यक्षबाट पनि राजीनामा दिए । हाल उनी कम्पनीको सल्लाहकारका रुपमा छन् । उनी हाल पत्नी मेलिन्डासँग मिलेर एउटा फाउन्डेसन चलाइरहेका छन् । 

ब्ल्याकबेरी बनाउने कम्पनी रिसर्च इन मोसनका सहअध्यक्ष तथा निर्देशक माइक लजारिडिसले सन् २०१३ मा अवकाश लिए । उनले यो कम्पनीको स्थापना सन् १०८४ मा गरेका थिए । कम्पनीबाट अचानक अवकाश लिँदा थुप्रै कर्मचारी आश्चर्यमा परेका थिए । किनकि माइकले यो कम्पनीको कायापलट गर्न थुप्रै मेहनत गरेका थिए । हाल उनले एउटा इन्भेस्टमेन्ट फन्ड सुरु गरेका छन् । 

सोसल गेमिङ कम्पनी जिंगाका फाउन्डर मार्क पिंकसले सन् २०१४ मा कम्पनीको दैनिक कामकाजबाट आफूलाई अगल गरे र बोर्डमा केवल नन एग्जिक्युभिट चेयरमेनको हैसितमा बसे । त्यसको एक वर्षपछि सीईओ डन म्याट्रिकले कम्पनी छाडेपछि पिंकसले पुनः कम्पनको बागडोर सम्हाले । एक वर्षपछि फेरि उनले कम्पनीको चिफ एग्जिक्युटिभ पदबाट राजीनामा दिए । 

सन् २०१५ मा म्यानेजमेन्ट स्टाइलबाट बेखुस भएर ट्विटरको बोर्डले माइक्रो ब्लगिङ साइटका सहसंस्थापक ज्याक डोर्सीलाई कम्पनी चलाउन अरुलाई मौका दिन आग्रह गरेको थियो । डोर्सी त्यतिबेला केवल ३८ वर्षका थिए। फेरि केही वर्षपछि ट्विटरले उनलाई बोलायो र अहिलेसम्म डोर्सी ट्विटरको सीईओ पदमा रहेका छन् ।

ऐपमा आधारित क्याब सेवाप्रदत्त कम्पनी ऊबरका फाउन्डर ट्राविस कालानिकले कम्पनीमा थुप्रै विवाह आएपछि सन् २०१७ मा सीईओ पदबाट राजीनामा दिए । हाल ४३ वर्षीय कालानिक सिटी स्टोरेज सिस्टमका सीईओ छन् । 

सन् २०१४ मा इचले मोजिल्लाको सीईओ पदबाट राजीनमा दिनुपरेको थियो । इचले सन् २००२ मा आफैँले मोजिल्लाको स्थापना गरेका थिए । समलैंगिक विवाहप्रति विचार राख्दा निस्केको विवादका कारण उनले मोजिल्लाबाट राजीनामा दिनुपरेको थियो । – एजेन्सी